२० असार २०८३, शनिबार

गगनको प्रश्न : कसले भन्यो कांग्रेस डुब्छ ?

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस डुब्छ भन्ने हल्ला मात्र भएको बताएका छन् ।

शनिबार पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले बेला बेलामा पार्टीका नेताले अधिवेशन नै नहुने खतरा, पार्टी नै डुब्ने खतरा भनेर चर्चा गर्नुको अर्थ नभएको बताए ।

उनले भने, ‘पञ्चायतको प्रतिबन्धित कालमा समेत पार्टी सञ्चालन गरेर आएका हामी अहिले यस्तो आनन्दको अवस्थामा छौँ । बेला बेलामा पार्टीको नेताले भनेको सुनिन्छ, अधिवेशन नै नहुने खतरा छ । पार्टी नै डुब्ने खतरा छ । कहाँबाट कसले डुबाउँछ पार्टी ? त्यसै डुब्छ पार्टी ? जो जो नेताले मञ्चमा आएर अधिवेशनको बारेमा धेरै कुरा गर्नुहुन्छ उही नेताको निर्वाचन क्षेत्रमा के भइरहेको छ भन्ने कुरा सार्वजनिक गरिदिनसक्छु ।’

यसको साथै, उनले नयाँ पार्टी र स्टन्डबाजहरूले गाली गरेको भरमा सबै जना अल्मलिएको भन्दै अब अल्मलिन नहुने बताए । उनले भने, ‘पार्टीको काँधमा यति ठूलो जिम्मेवारी छ । एउटा नयाँ आयो आयो भने जस्तो स्टन्डबाजहरू आएका छन्, हल्ला गरेका छन् । तपाईं हामी सबैलाई गाली गरेका छन् । आन्दोलन र त्यसको डिफेन्स गरेका छन् । हामी सबै जना अल्मलिएका छौँ । अब अल्मलिनु हुँदैन ।’

चैत महिनाभित्र नवीकरण नहुने क्रियाशील सदस्यको अब नवीकरण नहुने पनि उनको भनाई छ ।

उनले भने, ‘चैत महिनाभित्र नवीकरण गर्ने काम सक्नुपर्ने छ । त्यसको शूल्क २ सय हो । चैत महिनाभित्र नवीकरण नहुने क्रियाशील सदस्यको अब नवीकरण हुँदैन । यो क्यालेन्डर हो, जुन जिल्लाले दिइएको समयभित्र क्षेत्रलाई क्रियाशील दिएन भने जिल्लाले दिएको त्यो क्रियाशील फार्मको नम्बर माथि फ्रिज गरिदिन्छौँ । क्षेत्रले तलको तहलाई दिएन भने क्षेत्रको फ्रिज गरिदिन्छौँ र तल पठाउँछौँ ।’