३१ जेष्ठ २०८३, आइतबार

बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि मृत फेला

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी सुस्मितासँगै बसेका युवक पनि मृत अवस्थामा फेला परेका छन् ।

सुस्मिताको मृत्युपछि फरार रहेका भनिएका ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा पनि  झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

काठमाडौंको कागेश्वरीकी २२ वर्षीया सुस्मिता खड्का होटलभित्रै मृत फेला परेकी थिइन् । उनी मृत फेला परेपछि सँगै बसेका देवबहादुर थापाको खोजी प्रहरीले गरिरहेको थियो ।

तर, थापा भने शनिबार ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत फेला पारेको ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिए ।