२२ असार २०८३, सोमबार

हुम्लाको भदुखोलामा युवकको शव फेला

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, २० पुस । हुम्लाको सिमकोट गाउँपालिका–४ को पावरहाउस नजिक भदुखोलामा हेल्दुम गाउँका अन्दाजी ३८ वर्षीय चिरञ्जीवी शाही मृत अवस्थामा भेटिएका छन् । मृतक शाहीको शव पावरहाउस नजिक रहेको भदुखोलामा बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए ।

हेल्दुम गाउँका स्थानीय नरेन्द्र शाहीले खोलामा बेवारिसे शव भेटाएको भन्ने जानकारी प्रहरीलाई दिएलगत्तै प्रहरी निरीक्षक सुरेश सुवेदी नेतृत्वको टोली घटनास्थलतर्फ पुगेको थियो ।

भदुखोलाको ५० मिटर टाढा भेटिएको शव माथिल्लो शरीर पानीमा डुबेको र शरीरको तल्लो भाग मात्रै देखिएको थियो । शवलाई सदरमुकाम सिमकोट ल्याउने प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।