१९ असार २०८३, शुक्रबार

सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, २० पुस । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान  सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसका नेता सिंहले आज बर्दिवासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको बताउँदै संसद्मा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृहकार्य गर्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने बताए । ‘यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ’, उनले भने, ‘वर्तमान सरकार बनेयता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आश जागेको छ ।’ साथै, उनले पार्टी कार्यकर्तालाई ऊर्जावान् भएर संगठन विस्तारमा लाग्न आग्रह गरे ।