२१ असार २०८३, आइतबार

पोखराबाट लागूऔषध खैरो हिरोइनसहित ३ जना पक्राउ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २० पुस । पोखराबाट अवैध लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर)सहित तीन जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जाबाट एक जना र पोखरा १ सिद्धनाथ टोलबाट दुई जना अवैध लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ परेका हुन् । गएको बिहीबार राति नौ बजेको समयमा पोखरा महानगरपालिका वडा नं.२५ हेम्जाबाट जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले स्थानीय वर्ष २८ का लगिन थापालाई अवैध लागू औषध खैरो हिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

अभियुक्त थापाको घरकोठाबाट ०.५०० ग्राम खैरो हिरोइन, लागू औषध गाँजा ६०० ग्राम, नाइट्रोभेट–१० नाम उल्लेख भएको लागू औषध १९९ चक्की र मोबाइल एक थानसमेत बरामद भएको प्रहरीले बताएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले नै पोखरा महानगरपालिका वडा नं.१ सिद्धनाथ टोलबाट अबैध लागू औषध खैरो हिरोइनका साथमा विभिन्न खाले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको बताइएको छ । त्यस स्थानबाट पोखरा १ सिद्धनाथ टोलका ३७ वर्षीय निसदबाबु श्रेष्ठ र पर्वतको कुश्मा नगरपालिका वडा नं. १० स्थायी वतन भई हाल पोखरा ८ नयाँबजार बस्ने वर्ष ३२ को दीपक विकलाई अवैध लागू औषध खैरो हिरोइनका साथमा विभिन्न खाले लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले दिएको जानकारीमा उल्लेख छ ।

पक्राउ परेका जना लागू औषधका कारोबारी रहेको र उनीहरुविरुद्ध कास्की जिल्ला अदालतमा लागू औषध सम्बन्धी मुद्दामा म्याद थप भै अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।