३० जेष्ठ २०८३, शनिबार

आजको मौसम : पश्चिमी वायुको सामान्य प्रभाव

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरुलगायत उपत्यकामा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

शनिबार दिउँसो देशैभरीको मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति भने उच्च हिमाली भेगमा हिउँ पर्नेछ भने पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।