
काठमाडौं, १८ पुस । नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ ।
गृह मन्त्रालय बढुवा समिति सचिवालयले बुधबार राति डिआइजीद्वय कुवेर कडायत र रवीन्द्र केसीलाई एआजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
एआइजीद्वय भरतबहादुर बोहरा र किरण बज्राचार्यले अवकाश पाएपछि रिक्त दरबन्दीमा एआइजी बढुवा गरिएको बढुवा समिति सचिवालयले जनाएको छ।
कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए भने केसी अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए ।









प्रतिक्रिया