
काठमाडौं, १८ पुस । संघीय संसद्को ६ वटा समितिका बैठक आज बस्दैछ ।
संघीय संसद् सचिवालयका अनुसार सबै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा हुनेछन् । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आव २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगतिका बारेमा छलफल हुनेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाइ संशोधन गर्न बनेको विधेयकको सबन्धमा वन तथा बातावरण मन्त्रालयसँग सबन्धित दफाहरूमा छलफल हुनेछ । बैठक बिहान ११ः३० बजे बस्नेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथी छलफल हुँदैछ । यो बैठक बिहान ११ः३० बजेका लागि बोलाइएको छ ।
पूर्वाधार विकास समितिको बैठकको अजेन्डामा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुने गरी तय गरिएको छ । बैठक बिहान ११ः०० बजे बस्नेछ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ । जुन बैठकमा पुरानै अजेन्डा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारिहरुसँग छलफल गरिने संसद् सचिवालयले जनाएको छ । यो बैठक बिहान ११ः३० बजे बस्नेछ ।








प्रतिक्रिया