८ असार २०८३, सोमबार

प्याव्सन उदयपुरको अध्यक्षमा ठकुरी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-अन्जनी कुमार अधिकारी

उदयपुर, १७ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) उदयपुरको जिल्ला अध्यक्षमा लक्ष्यजंग ठकुरी चयन भएका छन् ।

बुधबार भएको प्याव्सन उदयपुरको नवौं जिल्ला अधिवेशन तथा लालशेर राई स्मृति भवन जिल्ला प्याव्सन उदयपुर उद्घाटन कार्यक्रमले ठकुरीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितको वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, उपाध्यक्षमा उर्मिला राई, सचिवमा सुनिल प्रधान, कोषाध्यक्षमा समीप सागर राई, सहकोषाध्यक्षमा गंगा दर्लामी, सहसचिवमा युवराज श्रेष्ठ चयन हुँदा सदस्यहरुमा दावा शेर्पा, पूर्णमान सिंह राई, लाल बहादुर (राजेन्द्र) कार्की, मदन राई, रेवती राना र कृष्ण पौडेलको टिम सर्वसम्मत चयन भएको हो ।

प्याव्सन उदयपुरका अध्यक्ष प्रकाश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो ।