
हेटौंडा, १७ पुस । मकवानपुरको बकैया गाउँपालिका-१२ र भीमफेदी गाउँपालिका-८ को सिमनामा रहेको पर्यटकीय स्थल लटारम्मेश्वर मन्दिर जाने क्रममा तारे भीरमा फसेका चार जना दर्शनार्थीहरुको उद्धार गरिएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय ठिंगन र महादेवटारस्थित नेपाल सेनाको वेस क्याप्पबाट गएको सात जनाको टोलीले मंगलबार साँझ उद्धार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-२ की ३६ वर्षीया मधुलिका सिंह ठकुरी, २४ वर्षीय पुकार सिलवाल, ३५ वर्षीया निर्जला शाक्य र ३४ वर्षीया सिर्जना महर्जनलाई उद्धार गरिएको हो ।









प्रतिक्रिया