१६ असार २०८३, मंगलबार

मनहरीमा गैंडाको आक्रमणबाट एक महिला घाइते

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १७ पुस । मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट एक महिला घाइते भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान मनहरी गाउँपालिका-६ लोथर खोला नजिक रहेको लामेदमार मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न तथा गोबर टिप्न गएकी महिलालाई गैंडाले आक्रमण गरेको हो ।

चितवन राप्ती नगरपालिका १ दुबिचौर घर भएकी अन्दाजी वर्ष ७० की दिलमायाँ स्याङतानलाई गैडाले आक्रमण गरेको र स्थातीयहरुले हो-हल्ला गरेपछि गैंडा जंगलतर्फ भागेको प्रहरीले जनाएको छ ।

घाइते महिलाको हात, शरीर र निधारमा चोट लागेको र उनलाई उपचारको लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।