८ असार २०८३, सोमबार

मकवानपुरमा बाघको आक्रमणबाट वृद्धाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १५ पुस । मकवानपुरको मनहरी गाउँपालिका-५ वसन्तपुरमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय कान्छीमाया रुम्बा रहेकी छन् । घर नजिकै बारीमा घाँस काट्न गएको अवस्थामा रुम्बालाई बाघले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वृद्धा आइतबार दिउँसो घाँस काट्नका लागि घर नजिकै बारी गएकी थिइन् । साँझ अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा घर नजिकै बारीमा उनको शव फेला परेको थियो । मृतकको शरीरका विभिन्न भागमा चोट लागेको थियो ।