१ असार २०८३, सोमबार

नेपाल उद्योग तथा व्यवसायी महासंघको महाधिवेशन चैतमा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । नेकपा (एमाले) निकट उद्योग तथा व्यवसायीहरुको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको महाधिवेशन चैतको ८ र ९ गते काठमाडौंमा हुने भएको छ ।

नवलपुरको गैंडाकोटमा शुक्रबार र शनिबार दुई दिन बसेको विस्तारित बैठकले महाधिवेशनको मिति तोकेको हो ।

साथै बैठकमा वर्तमान समयमा नेपाली अर्थतन्त्रमा देखिएका समस्या र समाधानकाबारेमा बृहत् छलफल भएको महासंघका अध्यक्ष भागरिथ सापकोटाले जानकारी दिए ।

अध्यक्ष सापकोटाले शुक्रबारको बैठकमा आफूले नेपाली उद्योगी तथा व्यावसायीहरुले भोग्दै आएको समस्या, चुनौती र त्यसको समाधानका विषयसहित अबको नेपाली अर्थतन्त्रको कार्यदिशा के हो ? भन्नेबारे डकुमेन्ट प्रस्तुत गरेको र त्यसमा छलफल भएको बताए ।

त्यसैगरी, उनले आजको बैठकमा शुक्रबार प्रस्तुत गरेको डकुमेन्टलाई तीन भागमा छुट्टाएर विधान सेसनसहितको निष्कर्ष निकालिएको बताए ।

शुक्रबार एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बसेको विस्तारत बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडासहितका नेताहरुको सहभागिता रहेको थियो भने शनिबारको बैठकमा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यता रहेको थियो । बैठकलाई केन्द्रीय सदस्य इन्चार्ज रचना खड्का लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।