९ असार २०८३, मंगलबार

नेपालको कला, संस्कृतिको ऐतिहासिक महत्व छ : प्रधानमन्त्री ओली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कला, संस्कृतिको ऐतिहासिक महत्व रहेको बताएका छन् ।

शनिबार नेपाल सम्वत् ११४५ न्हुःदँ (नयाँ वर्ष)को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा तुच्चा (जलपान) समारोहलाई सम्बोधन गर्दै उनले हाम्रा मन्दिरहरु र मन्दिरका शैलीहरुको विशेष महत्व रहेकाले नेपाल आफैंमा भरिपूर्ण रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा चाडहरु, कला संस्कृतीहरु अत्यन्तै महत्वपूर्ण छन् । नेपालको कला, नेपालको संस्कृतिको ऐतिहासिक महत्व छ । मन्दिरहरु, मन्दिरका शैलीहरुको आफ्नै महत्व छ । आफ्नै ऐतिहासिकता छ । हजारौं वर्ष अगाडिदेखि हाम्रा कलाहरु अत्यन्तै स्थापित छन् ।’ साथै, उनले विभिन्न देशका मानिसहरु नेपालको कलाहरु सिकिरहेको समेत बताए । उनले नेपाल नै कला, संस्कृति र सभ्यताको देश भएको बताए ।