
काठमाडौं, ५ पुस । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानीमा आज रिहा गरिएको छ ।
बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले निजलाई रिहा गर्न आदेश दिएको हो ।
उक्त आदेशअनुसार प्रसाईँलाई हाजिर जमानीमा उपस्थिति हुने गरी छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० का प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । प्रसाईँमाथि अनुसन्धान भने जारी रहेको छ ।
रिहा भएपछि प्रसाईंले आफ्नो लडाईं जारी रहने बताएका छन् । आफूलाई अदालतले न्याय दिएको भन्दै उनले अब आफ्नो राजनीतिक यात्रा सुरु भएको उल्लेख गरे ।









प्रतिक्रिया