
प्यूठान, ५ पुस । प्रथम भित्रिकोट प्यूठान महोत्सव २०८१ आजदेखी शुरु भएको छ । महोत्सवको एमाले पोलिटब्युरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य सूर्य थापाले आज एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भित्रिकोटसहित जिल्लाको विकासका लागि प्राथमिकताका आधारमा सहकार्य गर्नुपर्ने बताएका छन् । जिल्लाको विकास भएन भनेर आलोचना गर्नु भन्दा पनि स्थानीय तहले आफ्ना योजनाहरुको प्राथमिकीकरण गरी तीन तहको सरकार, जनप्रतिनिधिहरु बीचको सहकार्य रहनु पर्ने उनले बताएका हुन् ।
भित्रिकोटको विकास गर्ने योजना अघि बढिसकेको जानकारी दिँदै उनले भित्रिकोट र झाँक्रीस्थानलाई जोड्ने गरी काम भइरहेकोले भित्रिकोटको पर्यटन प्रवद्र्वनमा टेवा पुग्ने विश्वास दिलाए । निजी क्षेत्रले अहिले जे जस्तो समस्या भोगिरहेको छ त्यो समस्या समाधान गर्दै नीति नियममा संसोधन गर्दै लगानीको वातावरण सहज बनाउन सरकारले काम गरिएको उनको भनाइ छ ।
प्यूठान उद्योग वाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रले महोत्सव सञ्चालन गरेको हो । प्रस्तावित प्रदर्शनीस्थल प्यूठान नगरपालिका–७ टीकुरीमा आजदेखि शुरु भएको महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुने आयोजले जनाएको छ ।
प्यूठान उद्योग वाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रले महोत्सव सञ्चालन गरेको हो ।









प्रतिक्रिया