५ श्रावण २०८३, मंगलबार

रवि लामिछानेको तस्वीर प्रकरण : दीपक बोहराले दिए साइबर ब्युरोमा उजुरी

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कास्की हिरासतको तस्वीर सार्वजनिक भएपछि यसबारे चर्चा चुलिएको छ ।

यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका कोषाध्यक्ष दीपक बोहरा साइबर ब्यूरो पुगेका छन् ।

रविको तस्वीर सार्वजनिक गर्ने डा. निकोलस भुषाल र बोहराबीच कुराकानी भएको भन्दै नक्कली स्कृनसट सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएपछि उनी साइबर ब्युरो पुगेर उजुरी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै निकोलस र आफूबीच च्याटमा कुराकानी भएको भनी फेक च्याट बनाएर अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको बताएका छन् ।