२१ जेष्ठ २०८३, बिहिबार

रविविरुद्ध भ्याएसम्म आज मुद्दा दर्ता हुने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

पोखरा, ५ पुस । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व भ्याएसम्म आज मुद्दा दर्ता हुने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले भ्याएसम्म आज र नभ्याए आइतबार मुद्दा दर्ता गर्ने अन्तिम तयारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।

अन्तिम पटक चार दिनका लागि थपिएको म्याद आज सकिँदैछ ।