२९ असार २०८३, सोमबार

स्वार्थ सिद्ध गर्न खोज्नेहरूलाई परास्त गर्न कांग्रेससँग सत्ता सहकार्य भयो : राजेन्द्र गौतम

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, ४ पुस । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले पार्टीभित्र संगठनात्मक अराजकता मुख्य चुनौती बनेको बताएका छन् ।

एमाले सिन्धुलीको चौथो पूर्ण बैठकलाई प्रमुख अतिथिका रुपमा निर्देशनात्मक मन्तव्य राख्दै उनले संगठनात्मक अराजकता नियन्त्रण नगरेसम्म मिशन ८४ सफल हुन नसक्ने बताएका हुन् । उनले देशमा नयाँ खालको आर्थिक संकट आएपछि नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्नु परेको सिन्धुलीका नेताहरुलाई प्रष्ट पारे ।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख समेत रहेका गौतमले मुलुकलाई अस्थिरता र अराजकता फैलाएर स्वार्थ सिद्ध गर्न खोज्नेहरूलाई परास्त गर्न पनि नेपाली कांग्रेससँग सत्ता सहकार्य जरुरी भएको औल्याए । मुलुकको अर्थतन्त्र अझै पनि ट्रयाकमा आइनसकेको र अपेक्षित राजश्व नउठे पनि अर्थतन्त्र सुधारका संकेतहरू देखिन थालेको र निजी क्षेत्र उत्साहित बनेको उनको भनाइ छ ।

नेता गौतमले एमालेले राष्ट्र्यिता, अखण्डता र सार्बभौमिकताको मुद्धा उठाएको र नक्सा जारी गरेको स्मरण गर्दै छिमेकी मुलुक चीनसँग विआरआई संझौता गरेर विकास र साझेदारी अगाडि बढाएको उल्लेख गरे । एमालेले पटक पटक राष्ट्रिय शक्ति मात्र भएर होइन, राष्ट्रिय निर्णयक शक्ति बनाउनु पर्ने कुरा उठिरहेको उनको भनाइ छ । पार्टी अनुशासन र पद्धतिका विषयमा कमिटीमा बलियो ढंगले उठाउन र अवसरहरूको न्यायोचित वितरण नहुँदा पार्टीभित्र समस्या सिर्जना भएको प्रष्ट पारे ।

उनले पार्टी बलियो भएमात्र त्यसको बलमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा जिल्लाका कमरेडहरुले बुझ्न जरुरी रहेको औल्याए । कमिटी गत प्रणालीले गरेको निर्णय नमान्ने अधिकार पार्टी नेतृत्व लाई नभएको र त्यसलाई नमान्ने जुन सुकै कमिटीमा बसेका नेताहरुलाई कारबाही हुने बताउँदै उनले प्रेस चौतारीकालाई नआत्तिन आग्रह गरे ।

बैठकमा एमाले केन्द्रीय सदस्य एबम् जिल्ला इन्चार्ज मनोज जंज थापा, गणेश पहाडी, कमलजंग राइ, सुबाश देवकोटा, बिषम लाल अधिकारी दनुवार, निरु दर्लामी, उमा कोराला सहभागी थिए । दुई दिनसम्म चल्ने जिल्ला कमिटी बैठकमा उपाध्यक्ष एबम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले स्वागत गर्नु भएको थियो भने अध्यक्ष महेन्द्र देव श्रेष्ठको अध्यक्षतामा बैठक जारी रहेको जिल्ला सचिव नवराज थिङले बताए ।