
काठमाडौं, ४ पुस । काठमाडौंको टोखा नगरपालिका-६ धापासीस्थित एक घरमा भीषण आगलागी भएको छ ।
भाइकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आगलागी भएको हो । साँझ साढे ५ बजे घरको माथिल्लो तलाबाट आगो सुरू भएको थियो । काठमाडौं, ललितपुर, भक्तपुर लगायतबाट दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
धमकल समयमा नै पुग्न नसक्दा श्रेष्ठको घर लगभग पूर्णरूपमा जलिसकेको छ ।
थप विवरण आउँन बाँकी छ ।












प्रतिक्रिया