
सुर्खेत, ४ पुस । सुर्खेतमा निसास्सिएर आमा–छोराको मृत्यु भएको छ ।
वीरेन्द्रनगर–४ भैरवस्थानमा ३० वर्षीया देवीसरा थापा घर्ती र उनका ६ वर्षीय छोरा रियान घर्तीको कोठामै निसास्सिएर मृत्यु भएको हो ।
चिसो हटाउन कोठामा कोइला बालेर सुत्दा उनीहरूको मृत्यु भएको हो । ९ वर्षीया छोरी रिया घर्ती भने घाइते भएकी छिन् । उनको प्रदेश अस्पताल सुर्खेतको उपचार कक्षमा उपचार भइरहेको छ।
बुधबार राति खाना खाएर सुतेका तीन जना बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए।









प्रतिक्रिया