
काठमाडौं, ४ पुस । परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको दिल्ली आइपुगेकी छिन् । उनी जर्मनीबाट भारत आएकी हुन् ।
राणाले भोलि (पुस ५) गते भारतमा हुने एक आर्थिक सम्मेलनमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) को आयोजनामा हुन लागेको सो सम्मेलनलाई सम्बोधन गर्नका लागि उनी भारत आइपुगेकी हुन् ।
उनले भारतमा भारतीय विदेशमन्त्री एश जयशंकरसँग भेटवार्ता गर्ने बताइएको छ । समकक्षीबीच प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबारे छलफल हुने बताइएको छ ।
भारतमा रहँदा मन्त्री आरजु नियमित स्वास्थ्य चेक जाँच पनि गर्ने र ६ गते नेपाल आइपुग्ने बताइएको छ। परराष्ट्र मन्त्री राणा केही दिनदेखि बेल्जियम, नेदरल्याण्ड्स, लक्जेम्बर्ग र जर्मनीको भ्रमणमा थिइन् ।








प्रतिक्रिया