१५ असार २०८३, सोमबार

सामाजिक सञ्जालमा गलत सूचना प्रवाह भइरहेकोमा सचेत रहन नेपाल टेलिकमको आग्रह

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेपाल टेलिकमले सामाजिक सञ्जालमार्फत नेपाल टेलिकमकमको सूचना भन्दै गलत सूचना प्रवाह भइरहेको बताएको छ ।

आज विज्ञप्ति जारी गर्दै टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको भनेर टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भैरहेको पाइएकोले सचेत रहन आग्रह गरेको हो ।

कम्पनीको आधिकारिक ब्लु टिक सहितको फेसबुक र एक्स लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा वारेमा अद्यावधिक हुन पनि टेलिकमले आग्रह गरेको छ ।