
काठमाडौं, ३ पुस । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशन चैत्र मसान्तभित्र हुने भएको छ ।
संगठनको आज बसेको १२ औँ सचिवालय बैठकले चैत्र मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको हो । अनेरास्ववियुको २३ औँ महाधिवेशन २०७९ फागुनमा काठमाडौँमा भएको थियो ।
बैठकले महाधिवेशनको मिति भने तोकेको छैन । थप छलफल गरेर महाधिवेशनको मिति तोकिने अनेरास्ववियुका सचिव तथा प्रवक्त प्रकाश पौडेलले जानकारी दिएका छन् । साथै, चौथो केन्द्रिय कमिटीको बैठक माघ ६,७ र ८ गते काठमाडौमा गर्ने निर्णय भएको पनि उनले बताए ।
बैठकले त्रिभुवन विश्वविद्यालयले फागुन १५ गतेलाई तोकेको स्ववियु निर्वाचन समयमै गराउन सर्बपक्षिय छलफलका लागि पनि आह्वान गरेको छ ।









प्रतिक्रिया