२१ असार २०८३, आइतबार

एमालेलाई कमजोर बनाउँदा राजनीति अस्थिर हुन्छ भनेर प्रहार भइरहेको छ : शंकर पोखरेल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारको कामलाई चुस्त दुरुस्त बनाउन र सेवा प्रवाहमा सहजीकरण गर्न के कस्ता उपायहरू अवलम्वन गर्न जरुरी छ भन्ने विषयमा सुझाव दिन पार्टीका केन्द्रीय विभागहरूलाई निर्देशन दिएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा पार्टीको केन्द्रीय विभागका प्रमुखहरू तथा सचिवहरूको संयुक्त बैठकमा महासचिव पोखरेलले निर्देशन दिएका हुन् ।

उनले दुई प्रमुख दलको सहमतिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वर्तमान सरकारबाट अर्थतन्त्रमा सुधार, वैदेशिक लगानीको विश्वसनीय वातावरण निर्माण, महत्वपूर्ण कानुन निर्माण र जनतालाई सेवा उपलब्ध गराउने लगायत केही उल्लेखनीय काम गरेको र सरकारलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउँदै यसको उद्देश्यमा अगाडि बढ्न दुई पार्टीको संयन्त्रमा छलफल भइरहेको जानकारी गराए ।

उनले प्रधानमन्त्री तथा पार्टीका अध्यक्षमाथि भइरहेको सबै खालको आक्रमण एमालेलाई कमजोर बनाउँदा नेपालको राजनीति अस्थिर बनाउन सकिन्छ र त्यसमा आफ्नो स्वार्थ पूरा गर्न पाइन्छ भन्नेहरूबाट नियोजित प्रोपोगण्डा अन्तर्गत भइरहेको बताएका छन् ।

पार्टी जीवनमा विभाजन लगायत सबै खालका चुनौती पार गरेर अहिलेको अवस्थामा आएको एमालेले पछिल्ला आक्रमणहरूमाथि पनि विजय प्राप्त गर्ने बताउँदै सिङ्गो पार्टीपङ्तीबाट भ्रमपूर्ण हल्ला, आक्रमणको राजनीतिक प्रतिवाद आवश्यक रहेकोमा उनले जोड दिए ।

बैठकमा विभागीय जिम्मेवारीमा रहनुभएका पार्टी सचिव योगेश भट्टराई, छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्यहरू काशिनाथ अधिकारी, राजेन्द्र गौतम, अग्नि खरेल, कर्ण थापा, भीम आचार्य, पोलिटव्यूरो तथा केन्द्रीय सदस्य र विभागीय सचिवहरूले संक्षेपमा विभागका काम लगायत विषयमा बोलेका थिए ।