२२ जेष्ठ २०८३, शुक्रबार

एमाले डोटीको अध्यक्षमा मलासी

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, २ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएका छन् ।

सोमबार भएको मतदानको आज बिहान मत परिणाम सार्वजनिक भएको हो । निकटतम् प्रतिद्वन्द्वी शेरबहादुर मल्ललाई ४४ मत अन्तरले पराजित गर्दै मलासी निर्वाचित भएका हुन् । मलासीले दुई सय १५ मत प्राप्त गर्नुभयो भने उनका प्रतिद्वन्द्वी मल्लले एक सय ७१ मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा खगेन्द्र बडैला निर्वाचित हुनुभयो भने उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको थियो । सचिवमा पदमराज भट्ट खुला उपसचिवमा डम्बरसिं डौडी र महिला उपसचिवमा बिस्ना सिंह निर्वाचित भएका छन् ।