१६ असार २०८३, मंगलबार

खातामा करोडौँ रकम आएको भन्नेमा के भन्छिन् रविकी पत्नी निकिता ?

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा थुनामा छन् ।

सूर्यदर्शन सहकारी ठगीमा कास्की प्रहरीले हिजो मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । उनीमाथि अन्य सहकारी ठगीको आरोपमा पनि अनुसन्धान चलिरहेको छ । यसैबीच रविकी पत्नी निकिता पौडेल लामिछानेको खातामा करोडौं रकम आएको दावी गर्दै समाचारहरू पनि छ्याप्छ्याप्ती भएका छन् ।

सहकारीकै रकम उनको खातामा गएको दावी गरिएको छ । यसैबीच रविकी पत्नी निकिताले यसबारेमा मुख खोलेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत यी सबै समाचार झुठा रहेको र मिडिया ट्रायल भइरहेको बताएकी हुन् । उनले चार करोडमा किनेको घरको किस्ता आजसम्म पनि तिरिरहेको बताएकी छिन् ।

यस्तो छ उनको फेसबुक स्टाटस

आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न।’ मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु।’ बुवा-छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको ‘मिडिया ट्रायल’ को। कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु। यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु !समाचार लेख्नेमाथि दया लागेर आउँछ। खाता मेरो हो। यति-उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि ! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु। मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।