
काठमाडौं, २८ मंसिर । नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत प्रारम्भिक मतगणना सार्वजनिक भएको छ ।
प्रारम्भिक मतगणना अनुसार नेकपा एमाले र नेपाली कांग्रेस समर्थित प्रेस चौतारी र प्रेस युनियनकी साझा उम्मेदवार निर्मला शर्मा अगाडि छिन् ।
उनले हालसम्म ५८९ मत ल्याएकी छिन् भने उनलाई प्रेस युनियनका बागी उम्मेदवार रमेश विष्टले पछ्याइरहेका छन् । उनले ४७७ मत पाएका छन् ।
विष्टलाई माओवादी केन्द्र समर्थित प्रेस सेन्टर, एकीकृत समाजवादी समर्थित समाजवादी प्रेसलगायतले समर्थन गरेका छन् ।









प्रतिक्रिया