२६ असार २०८३, शुक्रबार

रिहा भएलगत्तै फेरि पक्राउ परे दुर्गा प्रसाईं

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा हुने बित्तिकै पुनः पक्राउ परेका छन् ।

आज साइबर अपराधको आरोपमा थुनामा रहेका उनलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उनी ४० हजार धरौटी बुझाएर निस्किएलगत्तै फेरि अदालत परिसरबाटै पक्राउ परेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोले उनीमाथि आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले पुनः पक्राउ गरिएको बताएको छ ।