११ श्रावण २०८३, सोमबार

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायीलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।

आज काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतले रिहा गर्न आदेश दिएपनि प्रसाई रिहा भने हुन पाउने छैनन् । उनीमाथि आपराधिक लाभ र संगठित अपराधको कसूरमा अनुसन्धान चलिरहेको छ ।

प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनी पक्राउ परेका थिए ।