७ असार २०८३, आइतबार

कमेडियन हिक्मत महराको मोटरसाइकल दुर्घटनामा मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २६ मंसिर । कमेडियन हिक्मत महराको मृत्यु भएको छ ।

उनको मंगलबार राति कैलालीको गोदावरी नगरपालिका–४ गोदावरी स्थित भिमदत्त राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

उनले चलाएको म २ प ९११७ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएको थियो। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएका छ ।

३० वर्षीय महरा शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बनसाहका हुन्। उनी हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ का उत्कृष्ट चारसम्म पुग्न सफल भएका थिए ।