२१ जेष्ठ २०८३, बिहिबार

हेटौंडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २६ मंसिर । मकवानपुरको हेटौंडा उपमहानगर-१९ वस्तीपुरस्थित पूर्व-पश्चिम राजमार्गमा अटोले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

गएराति वस्तीपुरबाट मनहरीतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ह ०२५१ नम्बरको अटोले मनहरी-३ सुकौरा निवासी ४२ वर्षीय मनोज लामालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका लामालाई अटो चालक मनहरी-७ रमनटारका  प्रेमबहादुर सिंतानले उपचारका लागि हेटौंडा अस्पतालमा लगेका थिए । घाइते लामाको उपचारका क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अटो र अटो चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन् ।

शव हेटौंडा अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।