३० असार २०८३, मंगलबार

एनपीएल : टस जितेर पहिले बलिङ गर्दै जनकपुर

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ड्सले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिम रोयल्सले सुरुवातमा ब्याटिङ गर्ने भएको हो ।

शीर्ष स्थानको जनकपुर र एक मात्र खेलमा पराजित भएर दोस्रो स्थानमा रहेको सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने छ ।

एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा छ ।

जनकपुर अनिल साहको कप्तानीमा मैदानमा हुँदा सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा छ ।