१७ कार्तिक २०८३, मंगलबार

पर्सामा रविको बयान सकियो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । सानोपाइल सहकारीको रकम अपचलनको अनुन्धानका लागि पर्सा लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।

आज पर्साको जिल्ला सरकारी वकिल कार्यालयमा उनको बयान भएको हो । उनको बिहान ९ बजेदेखि साँझसम्मै बयान भएको थियो । उनले बयानका क्रममा सहकारी ठगीको आरोप अस्वीकार गरेका छन् ।

उनलाई भोलि पुनः पोखरा फर्काइने छ ।