
चितवन, २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई रिहा गर्न माग गरेका छन् ।
आज चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै लामिछानेले अनुसन्धानमा सघाउँछु भनिरहेकाले रिहा गर्ने अनुसन्धान गर्नुपर्ने बताएका हुन् । उनले रविमाथि सरकारले दुर्व्यवहार गरेको पनि बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले रविलाई नछोडे आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।
उनले भने, ‘देशको चौथो पार्टीको नेता भागेर विदेश जाने स्थिति छैन । मैले सरकार र सरकारवादी नेताहरुलाई भनेको छु, किन हिरासतमा राख्नुपर्यो रु छाडेर जेजे अनुसन्धान गरे पनि भइहाल्यो नि ! रविजीले अदालतलाई सघाउँछु भनिराख्नुभएकै छ । रवि लामिछानेसँग कांग्रेस र एमाले किन तर्सिनपर्यो । सरकारले यो विषयमा ज्यादती गर्दा भने संसदको विशेष अधिवेशन बोलाएर हामी त्यहाँबाट पनि विरोध जनाउँछौं । साथै विपक्षी र सरकारमा भएकाहरुको पनि समर्थनमा हामी काठमाडौंमा ठूलो प्रदर्शन गर्छौं ।,’








प्रतिक्रिया