२२ असार २०८३, सोमबार

महिला अधिकारका लागि मंगलादेवीको भूमिका अविस्मरणीय : मन्त्री सिंह

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल महिला संघको संस्थापक अध्यक्ष तथा महिला नेत्री स्व. मंगलादेवी सिंहको शालीकमा माल्यार्पण गरेका छन् ।

मंगलबार काठमाडौंको बिजुलिबजारमा मंगलादेवी सिंहको १००औं जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा उनले शालिकमा माल्यार्पण गरेका हुन् ।

माल्यार्पणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री सिंहले अहिले प्राप्त गरेको अधिकारहरु हजारौ महिलाहरुको योगदानबाट मात्रै सम्भव भएको बताए । बहुदलको पक्षमा मत हाल्न सक्रिय सहभागीताका लागि मंगलादेवीले गरेको योगदानलाई बिर्सन नहुने उनको भनाई छ ।

उनले भने, ‘हामीले जुन प्राप्त गरेको अधिकारहरु छन्, यी हजारौ महिलाहरुको योगदानले गर्दा प्राप्त गर्न सकेका छौँ । उहाँलाई सम्झनुपर्दा खासगरेर उहाँ नेपाली महिलाहरुलाई स्वतन्त्रता र यो अधिकारको लागि ७५ जिल्लामा नै महिलालाई संगठित गरेर बहुदलको पक्षमा मत हाल्न सक्रिय सहभागीताका लागि उहाँले गर्नुभएको योगदान हामीले बिर्सनु हुँदैन् ।’ साथै, उनले मंगलादेवीले महिलाहरुलाई मतदानको अधिकार दिलाउन महत्वपूर्ण योगदान पुर्‍याएको पनि बताए ।