
काठमाडौं, २४ मंसिर । सहकारी ठगी प्रकरण्मा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रहरीले अमानवीय व्यवहार गरेको प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगले प्रहरी प्रमुख बसन्त कुँवरलाई सोधपुछका लागि बोलाएको छ ।
आयोगले आज कुँवरलाई घटनाबारे जानकारी लिन बोलाएको हो । लामिछानेलाई प्रहरीले चितवनबाट रातारात गाडीमा राखेर कास्की लगेपछि अहिले चौतर्फी आलोचना भइरहेको छ ।
लामिछानेले कुँवरको ठाडो निर्देशनमा आफूलाई चितवन प्रहरीले राति कास्की लगेको बताएका छन् ।









प्रतिक्रिया