
काठमाडौं, २४ मंसिर । कोशी प्रदेश लोक सेवा आयोगले विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा ३२२ जनाशक्ति माग गरेको छ ।
सोमबार एक सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगिताबाट पूर्ति गर्नेगरी आवेदन माग गरेको हो । सबइन्जिनियर, प्राविधिक सहायक, पशु सेवा प्राविधिक, हेल्थ असिस्टेन्ट, नायब सुब्बा, लेखापाललगायतका पदहरूमा आवेदन माग गरिएको छ ।
आगामी पुस १४ भित्र आयोगको वेबसाइटमार्फत आवेदन दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर भने पुस २१ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।









प्रतिक्रिया