२२ जेष्ठ २०८३, शुक्रबार

आज अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । आज अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस । हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचारविरुद्धको दिवस मनाइने गरिन्छ ।

सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो । हरेक वर्ष झै यसवर्ष ‘पारदर्शिताका क्रियाकलापहरुमा संलग्न हौँ’ भन्ने मूल नारासहित विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस मनाईँदै छ ।

सरकार र व्यापार अभ्यासहरूमा पारदर्शिता र जवाफदेहिताको लागि वकालत गर्नु भन्ने आव्हानका साथ विश्वभरि सन् २०२४ को भ्रष्टाचारविरुद्धको दिवसको शंखनाद गरिँदैछ । आजको दिन संसारभरि भ्रष्टाचारप्रतिको चेतनामा वृिद्ध गराउन र जागरण बढाउने कार्यमा केन्द्रित गरिन्छ । मान्छेहरुमा मानवता, नैतिकता अनि लालसाबिनाको साधारण जीवनशैलीको महत्व जगाउनसकेमा भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ । अर्कोतर्फ भ्रष्टाचारीहरुलाई कारवाही गरेर उदहारण कायम गर्न सकेमा आगामी दिनमा भ्रष्टाचारलाई न्यून गर्दै समूल विकासको बाटोतर्फ अघि बढ्न सकिन्छ ।

नेपालमा कुनै पनि संस्था या राज्यका विभिन्न अङ्गमा रही पदमा रहेका व्यक्तिहरुले आफ्नो अधिकारको दूरुपयोग गरेमा कारवाही गर्न संवैधानिक निकायका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ ।

नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठनसम्बन्धी व्यवस्था गरिएको छ भने धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ ।

संविधानमा भएको व्यवस्था बमोजिम कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ ।