२१ असार २०८३, आइतबार

बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, २३ मंसिर । बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बडिमालिका ८ मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना हुँदा कञ्चनपुरकी ३१ वर्षीया गायत्री पन्त र ५२ वर्षीया राधिका भट्टको मृत्यु भएको हो ।

दुर्घटनामा परेर तीन जना घाइते भएका छन्। घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त, र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेका छन्।