१ श्रावण २०८३, शुक्रबार

ग्यास बोकेको बुलेट त्रिशूलीमा खस्यो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, २३ मंसिर । पृथ्वी राजमार्गस्थित बेनीघाट रोराङ गाउँपालिका-७ को कृष्णभीरबाट ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खसेको छ ।

एनएल ०२ एल ३९०७ नम्बरको ग्यास बोकेको भारतीय गाडीको पछाडिको भाग  त्रिशूली नदीमा खसेको हो ।

ग्यास बुलेट बगाएर करिब २ सय मिटर तल पुगेको छ । बुलेट चालकको अवस्था अज्ञात रहेको र प्रहरीले खोजी गरिरहेको बताइएको छ ।