२४ असार २०८३, बुधबार

पूर्वमन्त्री अधिकारीबारे दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयविरुद्धको रिट दरपिठविरुद्धको निवेदनमा आज सुनुवाइ हुने भएको छ ।

जापानमा मानव तस्करी प्रकरणमा जोडिएपछि अधिकारी कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए । यसमा मुछिएका अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

प्रहरीले अधिकारीसहित १२ जनालाई तीनवटा कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको भएतापनि यसमा अधिकारी संलग्न रहेको नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय भएको थियो ।