२७ असार २०८३, शनिबार

गलकोटका दुई सडक कालोपत्र गरिँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २३ मंसिर । सङ्घीय सरकारको एकीकृत सहरी पूर्वधार विकास कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–२ को नरेठाँटीबाट दुदिलाभाटीसम्मको दुई किलोमिटर र वडा नम्बर ३ को हटिया बजारबाट कोटघरसम्मको एक किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्न थालिएको छ ।

सडकसँगै सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले चालु आर्थिक वर्षमा गलकोट–२ नरेठाँटीमा आधुनिक शौचालय, वडा नम्बर ५ मा सडक ढलान र वडा नम्बर ३ को कार्यालय निर्माण गरिरहेको छ ।

आयोजनाको सबै काम सात करोड ६५ लाख रुपैयाँमा सम्पन्न गरिने कार्यालयका इञ्जिनियर शङ्कर पोखरेलले बताए ।

हालसम्म परियोजनाको १५ प्रतिशत काम पूरा भएको छ ।