२७ असार २०८३, शनिबार

झापामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २३ मंसिर । पूर्वपश्चिम राजगार्गस्थित झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरमा शनिबार गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ४०८४ नम्बरको गाडीले बाटो काट्दै गरेका पैदलयात्री स्थानीय ६६ वर्षीय गवरसिंह राईलाई ठक्कर दिएको हो । उनको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

गाडी चालक पर्साको वीरगञ्ज महानगरपालिका–१६ का ३० वर्षीय दीपक गुप्तालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताए ।