१० असार २०८३, बुधबार

सल्यानमा एमालेमा फर्कनेको लहर, समाजवादीका परिषद् सदस्यसहित ३५ जना एमालेमा समाहित

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, २२ मंसिर । सल्यानमा नेकपा (एकीकृत समाजवादी)बाट आफ्नै घर नेकपा (एमाले)मा फर्कनेहरुको लहर चलेको छ ।

शनिबार मात्र श्रीनगरमा आयोजित कार्यक्रममा एमालेले समाजवादी पार्टीका केन्द्रीय परिषद सदस्य, जिल्ला कमिटी सदस्यहरुसहित ३५ जना नेता कार्यकर्तालाई स्वागत गरेको छ । विगतको भुललाई सच्याउदै र एमालेलाई अझै सशक्त बनाउने प्रतिबद्धतासहित समाजवादीका केन्द्रीय परिषद सदस्य तथा कर्णाली प्रदेश कमिटी सदस्य ज्ञानेश्वर केसी, जिल्ला कमिटी सदस्य तथा शारदा नगर कमिटी सहइन्चार्ज राजेश बिक, जिल्ला कमिटी सदस्य तथा शारदा नगरकमिटी सचिव नवराज बुढाथोकी, जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष गणेश बुढाथोकीसहित ३५ जना नेता कार्यकर्ता एमालेमै फर्किएका हुन् ।

उनीहरुलाई एमालेमा स्वागत गर्दै एमाले केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गोविन्द कुमार पुन, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह, पार्टीका प्रदेश कमिटी सदस्यहरु सरिता हमाल, कुन्ता बस्नेत, जिल्ला कमिटी अध्यक्ष भीमबहादुर सेनलगायतका नेताहरुले यो समायोजनले एमालेप्रति जनताको बढ्दो विश्वास पुष्टि गरेको र संगठित भएर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

एमालेमै फर्किएपछि कार्यक्रममा बोल्दै समाजवादीका केन्द्रीय परिषद सदस्य तथा कर्णाली प्रदेश कमिटी सदस्य ज्ञानेश्वर केसीले पार्टी फुटेर बनाएको नयाँ संगठनले मजबुती र औचित्य देखाउन नसकेको र एमालेकै नेतृत्वमा देश र जनताको सेवा गर्न सकिन्छ भन्ने निष्कर्षसाथ आफैले निर्माण गरेको पुरानो पार्टीमा फर्किएको बताए ।

यस्तै, समाजवादीका जिल्ला कमिटी सदस्य तथा शारदा नगर कमिटी सहइन्चार्ज राजेश बिक, जिल्ला कमिटी सदस्य तथा शारदा नगरकमिटी सचिव नवराज बुढाथोकीले बोल्दै विगतमा भावनामा बगेर गलत निर्णयमा पुगिएछ भन्ने महसुस भएको र एकताले मात्रै बलियो राजनीतिक भविष्य सुनिश्चित गर्न सक्छ भन्ने विश्वासको साथ विनाकुनै स्वार्थ एमालेमै फर्किएको बताए ।

एमालेमा समाहित हुने अन्य नेता कार्यकर्ताहरुमा समाजवादीका शारदा नगर कमिटी सदस्य हेमा शर्मा, इन्द्रा बिक, भरत बुढाथोकी, जिवराज शर्मा, रमेश बिक, वडा कमिटी उपाध्यक्ष यज्ञ बहादुर बिक सहित कैलाश बुढाथोकी, जोगेन्द्र बिक, केशव बिक, राम बहादुर बुढाथोकी, पोस्कर बिक, खिम बहादुर डांगी, आशा विक, किरण बिक, श्रीधर बिक, किरण बुढाथोकी, नशिव बिक, किरणप्रताव बिक, रश्मि लामा बिक, भुपेन्द्र बिक, निर्मला थापा, सीता बस्नेत, अन्जितकुमार श्रेष्ठ, सुरेश बिक, हिरालाल रावत, खड्ग बहादुर रेउले, रामबहादुर बिक, कर्णबहादुर खत्री, रुद्र बहादुर थापा, कालिका खड्का, खुमबहादुर बिक रहेका छन् ।

एमाले शारदा नगर कमिटिले श्रीनगरमा आयोजना गरेको कार्यक्रमा समाजवादीका नेता कार्यकर्ताहरुलाइ स्वागत गरिएको हो । नगरकमिटी अध्यक्ष महेश देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष ओजबहादुर बुढाथोकी, सचिव पुस्पा बोहरा, उपसचिव द्वय गणेशमान सिंह, सनशिल्ता वली डिसि लगायत जिल्ला कमिटी सदस्यहरु, विभिन्न जनवर्गीय संगठनका नेताहरु लगायतको सहभागिता रहेको थियो । नगरकमिटी उपाध्यक्ष रामबहादुर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममको सञ्चालन सचिव विनोद चलाउनेले गरेका थिए ।