१४ असार २०८३, आइतबार

हवाई दुर्घटना अनुसन्धान गर्ने स्थायी आयोग गठन चाँडै हुन्छ : मन्त्री पाण्डे

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुरक्षित र नियमित उडान सञ्चालनमा जोड दिएका हुन् । पछिल्लो समय तथ्य र तथ्याङ्कभन्दा पनि लहडको भरमा काम गर्ने प्रवृत्ति बढेको भन्दै लहडको भरमा काम गर्दा देश दुर्घटनामा पर्ने उनको जिकिर छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा उनले हवाई दुर्घटनाबारे अनुसन्धान गर्ने स्थायी आयोग निर्माणको लागि कानूनी प्रक्रिया आगाडि बढेको बताए । मन्त्री पाण्डेले आयोग बनेपछि नेपाली आकाशमा देखिएको समस्या केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे ।

नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमबीच सहकार्य गर्न सकेपनि हवाई क्षेत्रमा देखिएका समस्या समाधान हुने उनको भनाइ छ ।

यो वर्षको अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको नारा ‘दिगो भविष्य : आगामी ८० वर्षको लागि सँगै’ भन्ने रहेको छ ।