२५ जेष्ठ २०८३, सोमबार

कोइराला निवासमा देउवा र शशांक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २२ मंसिर । विराटनगर रहेका कांग्रेस सभापति शेरबहादुर देउवा डा. शेखर कोइराला बस्दै आएको कोइराला निवास पुगेका छन् । उनी नेता डा. शशांक कोइरालाको साथमा कोइराला निवास पुगेका हुन् ।

प्रथम कोशी सम्मेलनमा भाग लिन विराटनगर पुगेका देउवा कोइराला निवास पुगेका हुन् । स्वर्गीय कृष्णप्रसाद कोइरालाले डेढसय वर्ष पहिले बनाएको घरमा पुगेका देउवाले भित्तामा राखिएका तस्वीरहरु चाखपूर्वक हेरेका थिए ।

डा. शेखर र उनका दाजु निरञ्जनको संयुक्त भागमा परेको यो घरमा डा. शशांक विरलै मात्र पुग्ने गर्छन् ।

पूर्वप्रधानमन्त्रीहरू मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाका पिताजी कृष्णप्रसादको यो ऐतिहासिक घरमा लामो समयपछि देउवा पुगेका हुन् ।

बिपी कोइरालाको सान्निध्यमा रहेर राजनीति अघि बढाउने मौका पाएका देउवा २०४६ को राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालासमेतको साथले राष्ट्रिय राजनीतिमा स्थान सुरक्षित गरेका उनी ०३६ को जनमत संग्रहमा पूर्व–पश्चिमसम्मका सभासमारोहमा बीपीसँगै खटिएका थिए । तर पछि उनले गिरिजाप्रसादलाई नै चुनौती दिँदै पार्टीमा अलग धार स्थापित गरेका थिए ।