
काठमाडौं, २२ मंसिर । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।
पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले मंसिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिए ।
उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।
बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।








प्रतिक्रिया