
काठमाडौं, २१ मंसिर । केही घण्टा काठमाडौंमा रोकिएपछि भूटानका राजा जिग्मे नाम्गेल वाङचुक स्वदेश फर्किएका छन् ।
अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका राजा वाङचुक स्वदेश फिर्ता भएका हुन् । उनलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरिन्।
आज बिहान काठमाडौं आएका भूटानी वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए ।









प्रतिक्रिया