५ असार २०८३, शुक्रबार

रविलाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल : रास्वपा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रहरी हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेमाथि सरकारले अमानवीय, अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ ।

आज आकस्मिक रूपमा डाकिएको सचिवालय बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै रास्वपाले पार्टी सभापति, पूर्व उपप्रधान तथा गृहमन्त्री एवं सांसद रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति आपत्ति जनाएको हो ।

सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्‍याइएको बताउँदै रास्वपाले यो आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचनाहरु प्रहरी सुत्रबाट प्राप्त भएको उल्लेख गरेको छ ।

सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल भएको बताउँदै रास्वपाले सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको पनि दावी गरेको हो ।